विश्वको सर्वोत्कृष्ट अस्कर अवार्डका निम्ति चार नेपाली फिल्मले आवेदन दिएका छन् । अस्कर प्रतिस्पर्धाका निम्ति सुनपानी, निशानी, भिमदत्त र टलकजंग भर्सेस टुल्केले आवेदन दिएका हुन् । अस्कर अवार्ड विदेशी भाषा फिल्म छनोट समितिले केही दिनअघि एक हप्ताको समयसिमामा चलचित्र बुझाउन आग्रह गरेको थियो । जसअनुरुप यी चार चलचित्रले अस्करको विदेशी भाषा विधामा लड्ने इच्छा देखाएका छन् ।
२०७१ असोज १५ देखि २०७२ भदौ १४ सम्म प्रर्दशन भएका चलचित्रले अस्करका निम्ति सहभागिता जनाउन पाउने प्रावधान छ । सहभागिता जनाएका चलचित्रमध्ये सबैलाई हेरेर त्यसमध्ये कुनै एक चलचित्रलाई अस्कर अवार्डका निम्ति पठाइन्छ । अवार्ड कार्यक्रम आउँदो फागुन १६ गते अमेरिकाको लस एन्जल्समा आयोजना हँुदैछ । यसअघि गत साल शताब्दी पुरानो सती प्रथामा आधारित चलचित्र झोला प्रतिश्पर्धाका निम्ति सिफारिसमा परेको थियो ।
Nepal Digital Media Jhapa
Friday, September 4, 2015
Monday, August 31, 2015
आशिकी गायक अंकित तिवारी नेपाल आउँदै
आशिकी टु गायक अंकित तिवारी कन्र्सटका निम्ति नेपाल आउँदैछन् । आगामी असोज १६ गते राजधानीको जावलाखेल फुटबल मैदानमा उनको बेजोड प्रस्तुती रहने बताइएको छ । चलचित्र आशिकी टु को गित “सुन रहा है ना तु” बाट आफ्नो चिनारी फराकिलो बनाएका अंकितले चलचित्र एक भिलेनको गितबाट थप उचाइ पाए ।
अंकितलाई गत मे महिनामै ल्याउने तयारी भएपनि भुकम्पका कारण पछि सरेको आयोजक प्लानेट नेपाल इन्टरनेशनलले बताएको छ । दिउँसो दुइ बजेबाट चल्ने कन्र्सटमा उनलाई साथ दिन नेपाली गायक सविन राई र कभवेभ ब्याण्डसँग कुरा भइरहेको समेत आयोजक पक्षले जानकारी दिएको छ ।
Friday, August 21, 2015
नेपाली चलचित्र अब भुटानमा पनि प्रदर्शन हँुदै, बजारीकरणमा दुई पक्षबिच सहमति
![]() |
वार्तामा नेपाली चलचित्र भुटानमा चलाउने र भुटानी चलचित्र पनि नेपालमा चलाउनेबारे दुवै पक्ष सैद्धान्तिक रुपमा सहमत भइसकेका छन् । भुटानमा अधिकांश नेपालीभाषी बसोबास गर्ने भएकाले नेपाली फिल्मको बजार बन्नसक्ने आँकलन गर्न सकिन्छ ।
Tuesday, August 18, 2015
थाइल्याण्डको बमहमलामा परी ज्यान जानेको संख्या हालसम्म २१, बल्लतल्ल बाँचिन यी बलिउड नायिका
बलिउड अभिनेत्री जेनेलीया डी सौजा सोमबार थाइल्याण्डमा भएको बम बिस्फोटबाट बल्ल तल्ल बाँचेकी छिन् । विज्ञापनको सुटिङ्गका निम्ति थाइल्याण्डको बैंककमा रहेकी उनले आफु सुरक्षित भएको टवीट् गरेकी छिन् । बिस्फोटमा परी आफु नजिकै रहेका थुप्रै मानिसको ज्यान गएपनि आफु बल्लतल्ल बाँच्न सफल भएको उनले जानकारी दिइन् । बैंककको रातचप्रासन एरावन नामक धार्मिक स्थलमा गराईएको उक्त बम हमलामापरि हालसम्म २१ मनिसको ज्यान गइसकेको छ । मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
साउथ इण्डियन चलचित्र हँुदै बलिउडमा इन्ट्री मारेकी जेनेलीयाले “तुझे मेरी कसम” नामक चलचित्रबाट आफ्नो परिचयलाई फराकिलो बनाएकी थिइन् । त्यसैगरी बलिउड चलचित्र “जाने तु या जाने ना” को सफलता पछि उनको ब्यस्तता आजभोलि झन् बढिरहेको देखिन्छ ।
साउथ इण्डियन चलचित्र हँुदै बलिउडमा इन्ट्री मारेकी जेनेलीयाले “तुझे मेरी कसम” नामक चलचित्रबाट आफ्नो परिचयलाई फराकिलो बनाएकी थिइन् । त्यसैगरी बलिउड चलचित्र “जाने तु या जाने ना” को सफलता पछि उनको ब्यस्तता आजभोलि झन् बढिरहेको देखिन्छ ।
बलिउड अभिनेता कुनाल कपुर नेपालमा, भुकम्प पिडितका निम्ति सहयोगी हात बढ्दै
भुकम्पपछि नेपालमा भइरहेको पुननिर्माण कार्य अवलोकन गर्न बलिउड अभिनेता नेपाल आएका छन् । भुकम्पले नेपालीहरुमा निम्त्याएको समस्यमा सामेल भई उनले आफ्नो संस्थामार्फत पुननिर्माणमा सहयोग गरिरहेका छन् । आफु सहसंस्थापक रहेको सामाजिक संस्था “केयर” र च्यारिटी संस्था “केट्टो ” प्रोजेक्टको अवलोकन गर्न उनी सोमबार काठमाडौँ आएको उनले बताएका छन् ।
उनले “रङ्ग दे बसन्ती” र “डन २” जस्ता चर्चित फिल्मका अभिनेता हुन् । बलिउडका चर्चित ब्यत्तित्व शशी कपुरका छोरा कुनाल सन् २००६ मा “रङ्ग दे बसन्ती” बाट फिल्मफेयरको बेस्ट सर्पोटिङ्ग एक्टरमा मनोनित भएका थिए ।
उनले “रङ्ग दे बसन्ती” र “डन २” जस्ता चर्चित फिल्मका अभिनेता हुन् । बलिउडका चर्चित ब्यत्तित्व शशी कपुरका छोरा कुनाल सन् २००६ मा “रङ्ग दे बसन्ती” बाट फिल्मफेयरको बेस्ट सर्पोटिङ्ग एक्टरमा मनोनित भएका थिए ।
Monday, August 17, 2015
चर्चित गायिका कोमल ओलीलाई यसपटक पनि अमेरिकाले भिसा दिएन, आफुलाई नपत्याएकाले उनी पत्रकार सम्मेलनको तयारी गर्दै
![]() |
| Singer Komal Oli |
अन्र्तवार्तामा उनले आफु ब्यावसायिक गायिका भएको र अवसर पाए मात्र अमेरिका जान्छु भनेकी थिइन् । अझ रोचकको कुरा त के छ भने ओलीलाई अन्र्तवार्ताकै क्रममा प्रेमी छ भनी सोध्दा उनले छैन भनेकी रहिछन् । फेरि विवाहको बारेमा सोधेपछि उनले आफु अविवाहित भएको बताएकी थिइन् । त्यसलगत्तै उनको भिसा लागेन ।
अमेरिकाका विभिन्न २५ वटा शहरमा कार्यक्रम बुक भइसकेपनि ओली अमेरिका जान भने पाइनन् । आफुलाई भिसा नदिएको कारण बुझ्न नसकेकाले उनले पत्रकार सम्मेलनको तयारी गरेको बुझिएको छ ।
Sunday, August 16, 2015
बलिउड गायिका सन्जिवनी नेपाल आउँदै, यो साइनो मायाको पुनः गुन्जिदै
यो साइनो मायाको, ल है माया सुटुक्कै आउनु है, लगायतका चर्चित नेपाली गित गाएकी सन्जिवनीले हालसम्म ७ सय बढी स्टेजमा प्रस्तुती दिइसकेकी छिन् । सुमधुर स्वरकी धनी सन्जिवनीले भदौ तेस्रो साता नेपालमा आफ्नो कर्णप्रिय आवाजमा पस्कदैछिन् ।
Subscribe to:
Posts (Atom)






