विश्वको सर्वोत्कृष्ट अस्कर अवार्डका निम्ति चार नेपाली फिल्मले आवेदन दिएका छन् । अस्कर प्रतिस्पर्धाका निम्ति सुनपानी, निशानी, भिमदत्त र टलकजंग भर्सेस टुल्केले आवेदन दिएका हुन् । अस्कर अवार्ड विदेशी भाषा फिल्म छनोट समितिले केही दिनअघि एक हप्ताको समयसिमामा चलचित्र बुझाउन आग्रह गरेको थियो । जसअनुरुप यी चार चलचित्रले अस्करको विदेशी भाषा विधामा लड्ने इच्छा देखाएका छन् ।
२०७१ असोज १५ देखि २०७२ भदौ १४ सम्म प्रर्दशन भएका चलचित्रले अस्करका निम्ति सहभागिता जनाउन पाउने प्रावधान छ । सहभागिता जनाएका चलचित्रमध्ये सबैलाई हेरेर त्यसमध्ये कुनै एक चलचित्रलाई अस्कर अवार्डका निम्ति पठाइन्छ । अवार्ड कार्यक्रम आउँदो फागुन १६ गते अमेरिकाको लस एन्जल्समा आयोजना हँुदैछ । यसअघि गत साल शताब्दी पुरानो सती प्रथामा आधारित चलचित्र झोला प्रतिश्पर्धाका निम्ति सिफारिसमा परेको थियो ।
Friday, September 4, 2015
Monday, August 31, 2015
आशिकी गायक अंकित तिवारी नेपाल आउँदै
आशिकी टु गायक अंकित तिवारी कन्र्सटका निम्ति नेपाल आउँदैछन् । आगामी असोज १६ गते राजधानीको जावलाखेल फुटबल मैदानमा उनको बेजोड प्रस्तुती रहने बताइएको छ । चलचित्र आशिकी टु को गित “सुन रहा है ना तु” बाट आफ्नो चिनारी फराकिलो बनाएका अंकितले चलचित्र एक भिलेनको गितबाट थप उचाइ पाए ।
अंकितलाई गत मे महिनामै ल्याउने तयारी भएपनि भुकम्पका कारण पछि सरेको आयोजक प्लानेट नेपाल इन्टरनेशनलले बताएको छ । दिउँसो दुइ बजेबाट चल्ने कन्र्सटमा उनलाई साथ दिन नेपाली गायक सविन राई र कभवेभ ब्याण्डसँग कुरा भइरहेको समेत आयोजक पक्षले जानकारी दिएको छ ।
Friday, August 21, 2015
नेपाली चलचित्र अब भुटानमा पनि प्रदर्शन हँुदै, बजारीकरणमा दुई पक्षबिच सहमति
![]() |
वार्तामा नेपाली चलचित्र भुटानमा चलाउने र भुटानी चलचित्र पनि नेपालमा चलाउनेबारे दुवै पक्ष सैद्धान्तिक रुपमा सहमत भइसकेका छन् । भुटानमा अधिकांश नेपालीभाषी बसोबास गर्ने भएकाले नेपाली फिल्मको बजार बन्नसक्ने आँकलन गर्न सकिन्छ ।
Tuesday, August 18, 2015
थाइल्याण्डको बमहमलामा परी ज्यान जानेको संख्या हालसम्म २१, बल्लतल्ल बाँचिन यी बलिउड नायिका
बलिउड अभिनेत्री जेनेलीया डी सौजा सोमबार थाइल्याण्डमा भएको बम बिस्फोटबाट बल्ल तल्ल बाँचेकी छिन् । विज्ञापनको सुटिङ्गका निम्ति थाइल्याण्डको बैंककमा रहेकी उनले आफु सुरक्षित भएको टवीट् गरेकी छिन् । बिस्फोटमा परी आफु नजिकै रहेका थुप्रै मानिसको ज्यान गएपनि आफु बल्लतल्ल बाँच्न सफल भएको उनले जानकारी दिइन् । बैंककको रातचप्रासन एरावन नामक धार्मिक स्थलमा गराईएको उक्त बम हमलामापरि हालसम्म २१ मनिसको ज्यान गइसकेको छ । मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
साउथ इण्डियन चलचित्र हँुदै बलिउडमा इन्ट्री मारेकी जेनेलीयाले “तुझे मेरी कसम” नामक चलचित्रबाट आफ्नो परिचयलाई फराकिलो बनाएकी थिइन् । त्यसैगरी बलिउड चलचित्र “जाने तु या जाने ना” को सफलता पछि उनको ब्यस्तता आजभोलि झन् बढिरहेको देखिन्छ ।
साउथ इण्डियन चलचित्र हँुदै बलिउडमा इन्ट्री मारेकी जेनेलीयाले “तुझे मेरी कसम” नामक चलचित्रबाट आफ्नो परिचयलाई फराकिलो बनाएकी थिइन् । त्यसैगरी बलिउड चलचित्र “जाने तु या जाने ना” को सफलता पछि उनको ब्यस्तता आजभोलि झन् बढिरहेको देखिन्छ ।
बलिउड अभिनेता कुनाल कपुर नेपालमा, भुकम्प पिडितका निम्ति सहयोगी हात बढ्दै
भुकम्पपछि नेपालमा भइरहेको पुननिर्माण कार्य अवलोकन गर्न बलिउड अभिनेता नेपाल आएका छन् । भुकम्पले नेपालीहरुमा निम्त्याएको समस्यमा सामेल भई उनले आफ्नो संस्थामार्फत पुननिर्माणमा सहयोग गरिरहेका छन् । आफु सहसंस्थापक रहेको सामाजिक संस्था “केयर” र च्यारिटी संस्था “केट्टो ” प्रोजेक्टको अवलोकन गर्न उनी सोमबार काठमाडौँ आएको उनले बताएका छन् ।
उनले “रङ्ग दे बसन्ती” र “डन २” जस्ता चर्चित फिल्मका अभिनेता हुन् । बलिउडका चर्चित ब्यत्तित्व शशी कपुरका छोरा कुनाल सन् २००६ मा “रङ्ग दे बसन्ती” बाट फिल्मफेयरको बेस्ट सर्पोटिङ्ग एक्टरमा मनोनित भएका थिए ।
उनले “रङ्ग दे बसन्ती” र “डन २” जस्ता चर्चित फिल्मका अभिनेता हुन् । बलिउडका चर्चित ब्यत्तित्व शशी कपुरका छोरा कुनाल सन् २००६ मा “रङ्ग दे बसन्ती” बाट फिल्मफेयरको बेस्ट सर्पोटिङ्ग एक्टरमा मनोनित भएका थिए ।
Monday, August 17, 2015
चर्चित गायिका कोमल ओलीलाई यसपटक पनि अमेरिकाले भिसा दिएन, आफुलाई नपत्याएकाले उनी पत्रकार सम्मेलनको तयारी गर्दै
![]() |
| Singer Komal Oli |
अन्र्तवार्तामा उनले आफु ब्यावसायिक गायिका भएको र अवसर पाए मात्र अमेरिका जान्छु भनेकी थिइन् । अझ रोचकको कुरा त के छ भने ओलीलाई अन्र्तवार्ताकै क्रममा प्रेमी छ भनी सोध्दा उनले छैन भनेकी रहिछन् । फेरि विवाहको बारेमा सोधेपछि उनले आफु अविवाहित भएको बताएकी थिइन् । त्यसलगत्तै उनको भिसा लागेन ।
अमेरिकाका विभिन्न २५ वटा शहरमा कार्यक्रम बुक भइसकेपनि ओली अमेरिका जान भने पाइनन् । आफुलाई भिसा नदिएको कारण बुझ्न नसकेकाले उनले पत्रकार सम्मेलनको तयारी गरेको बुझिएको छ ।
Sunday, August 16, 2015
बलिउड गायिका सन्जिवनी नेपाल आउँदै, यो साइनो मायाको पुनः गुन्जिदै
यो साइनो मायाको, ल है माया सुटुक्कै आउनु है, लगायतका चर्चित नेपाली गित गाएकी सन्जिवनीले हालसम्म ७ सय बढी स्टेजमा प्रस्तुती दिइसकेकी छिन् । सुमधुर स्वरकी धनी सन्जिवनीले भदौ तेस्रो साता नेपालमा आफ्नो कर्णप्रिय आवाजमा पस्कदैछिन् ।
Friday, August 14, 2015
विश्वचर्चित टेलिभिजन एमटीभीमा नेपाली गायकगायिकाको गित बज्न सुरु, आस्था तामाङ मास्के र रोहित शाक्य एमटीभी इन्डिजमा
म्युजिक टेलिभिजन (एमटीभी) ले विश्वब्यापी रुपमा आफ्ना दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेको छ । गित संगितलाई प्राथमिकतामा राखीउल्लेख्य दर्शकको मन जितेको एमटीभीका दर्शक नेपालमा पनि अत्याधिक मात्रामा छन् । अब नेपाली दर्शकले स्वयम आफ्नो देशका कलाकारको गित संगित यस टेलिभिजन मार्फत हेर्न सक्नेछन् । यस कदमले नेपाली कलाकारको चिनारी अझ फराकिलो बनाउने आशा राख्न सकिन्छ

गायिका आस्था तामाङ मास्के र गायक रोहित शाक्यको “वेर हेभ यु बिन” बोलको गित जस्ट अराइभ्ड विद्यामा दिनको तिनपटक बजिरहेको छ । पछिल्लो समय अत्यन्तै रुचाइएको यस गितलाई गत साउन ११ मा कार्यक्रम पेप्सी एमटीभी इन्डिजमा सार्वजनिक गरिएको थियो ।
।
Thursday, August 13, 2015
मनिषा कोइराला संयुक्त राष्ट्रसंघद्धारा सम्मानित, भुकम्प पिडितका निम्ति उनले गरेको योगदानको अन्तराष्ट्रिय स्तरमा चर्चा
![]() |
| Actress : Manisa Koirala |
उनले राहत उद्धार देखि पुर्ननिर्माण कार्यमा समेत प्रत्यक्ष भुकम्पपिडितलाई मद्धत गरेकी थिइन् । सोही प्रशंसायोग्य कार्यको कदर स्वरुप उनलाई संयुक्त राष्ट्रसंघले सम्मान गरेको छ । उनी अमेरिकाको न्यूयोर्कमा जी।ओ।डी अर्थात ग्लोबल अफिसियल अफ डिग्निटी अवार्डबाट सम्मानित भएकी हुन् ।
राष्ट्रसंघले मनिषालाइ भुकम्पलगत्तै दुतको रुपमा नियुक्त गरेको थियो । उनले भुकम्पपछि सुत्केरी महिलाहरुका निम्ति विशेष काम गरेकी थिइन । नेपाल डिजिटल मिडियाकातर्फबाट मनिषा कोइरालालाई बधाई ।
Wednesday, August 12, 2015
स्वेताको गहभरिको आँसुले कार्यक्रममा उपस्थित सबै मर्माहित , “ स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ सधैँ अमर रहनेछन” –सञ्चार मन्त्री रिजाल
स्वगीर्य नायक श्रीकृष्ण श्रेष्ठको पहिलो वार्षिका पुण्य तिथि गत सोमबार राजधानीमा सम्पन्न भयो । सञ्चारमन्त्री मिनेन्द रिजालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उल्लेख्य चलचित्रकर्मीको उपस्थिति रहेको थियो । अनगिन्ती वेदना सहेर अघि बढीरहेकी श्रीकृष्ण पत्नी नायिका श्वेता खड्काले कार्यक्रम अवधिभर गहभरि आँसु पारेकी थिइन । श्वेताले आफ्ना पति स्वर्गिय श्रीकृष्णले देखाएको बाटोमा सधैँ हिँड्ने प्रण गर्दै आफु पुनः चलचित्र क्षेत्रमा देखिने जानकारी दिइन । आफुले चलचित्र क्षेत्रमा केही गर्न सके पति श्रीकृष्णको आत्माले शान्ति पाउने उनले बताइन् । कार्यक्रमका प्रमुख अतिथि मिनेन्द रिजालले नायक श्रीकृष्ण श्रेष्ठ सधैँ अमर रहने बताए ।
कार्यक्रममा “सम्झनामा श्रीकृष्ण” नामक करिब पैँतालिस मिनेटको भिडियो समेत सार्वजनिक गरिएको थियो । साथै सोही कार्यक्रममा श्रीकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले नायक शिव श्रेष्ठ र स्वर्गिय निर्देशक शिव रेग्मीलाई सम्मान गरेको थियो । स्वर्गिय रेग्मीको मरणोपरान्त सम्मान उनकी पत्नी ज्ञानु रेग्मीले ग्रहण गरेकी थिइन ।
कार्यक्रममा “सम्झनामा श्रीकृष्ण” नामक करिब पैँतालिस मिनेटको भिडियो समेत सार्वजनिक गरिएको थियो । साथै सोही कार्यक्रममा श्रीकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले नायक शिव श्रेष्ठ र स्वर्गिय निर्देशक शिव रेग्मीलाई सम्मान गरेको थियो । स्वर्गिय रेग्मीको मरणोपरान्त सम्मान उनकी पत्नी ज्ञानु रेग्मीले ग्रहण गरेकी थिइन ।
Tuesday, August 11, 2015
अमेरिकन एम्बेसीले पत्याएन नेपाली कलाकारलाई, चर्चित हाँस्य कलाकार विल्सनविक्रमलगायत अन्य धेरैको भिसा लागेन
ग्लोब फिल्म फेस्टिबलमा सहभागीता जनाउन अमेरिकाका जान लागेका थुप्रै कलाकारको भिसा रद्द भएको छ । चर्चित हाँस्यकलाकार विल्सनविक्रम राई, नायिका पुजाना प्रदान लगायतलाई अमेरिकन एम्बेसीले भिसा दिएन । कार्यक्रमको शिलशिलामा कलाकार विल्सनले थुप्रै मुलुकको भ्रमण गरिसकेका छन् । यद्यपि अमेरिकाका निम्ति भने उनी अयोग्य ठहरिए ।
सोही फेस्टिलका निम्ति एम्बेसीले केही कलाकारलाई भने सहजै भिसा दिएको थियो । नायक सुनिल थापा, नायिकाद्धय केकी अधिकारी, नन्दिता केसी लगायत अमेरिका पुगिसकेका छन् । सपनाको मुलुक मानिने अमेरिकामा यस वर्ष धेरै कलाकार पुगे । यद्यपि गायिका कोमल वलीले अमेरिकामा आयोजना हुन लागेको साँगितिक कार्यक्रममा जाने तयारी गरेपनि पटकपटकको प्रयासमा समेत उनको भिसा नलागेको चर्चा छ ।
सोही फेस्टिलका निम्ति एम्बेसीले केही कलाकारलाई भने सहजै भिसा दिएको थियो । नायक सुनिल थापा, नायिकाद्धय केकी अधिकारी, नन्दिता केसी लगायत अमेरिका पुगिसकेका छन् । सपनाको मुलुक मानिने अमेरिकामा यस वर्ष धेरै कलाकार पुगे । यद्यपि गायिका कोमल वलीले अमेरिकामा आयोजना हुन लागेको साँगितिक कार्यक्रममा जाने तयारी गरेपनि पटकपटकको प्रयासमा समेत उनको भिसा नलागेको चर्चा छ ।
Sunday, August 9, 2015
झापाली कलाकारलाई प्रर्वद्धन गर्ने एनडीएम झापाको तयारी अन्तिम चरणमा
झापाका कलाकारलाई सहयोग एवम प्रर्वद्धन गर्ने उद्येश्यले नेपाल डिजिटल मिडिया (एनडीएम) झापाको तयारी अन्तिम चरणमा पुगेको छ । विशेष गरी गायकगायिका मा प्रतिभा भए पनि आर्थिक अभावका कारण भिडियो निर्माण र प्रर्वद्धनका कारण प्रतिभावान कलाकार पनि मिडियामा आउन सकेका छैनन् । कुरालाई आत्मसाथ गर्दै एनडीएम झापाले कला भएका प्रतिभावान कलाकारका निम्ति म्युजिक भिडियो निर्माण गरिदिने र राष्ट्रिय स्तरका टेलिभिजनमा गितको प्रर्वद्धन गरिदिने निर्णय गरेको छ ।
यस अगावै झापाका कलाकारहरुकाे ,
विशेष गरी संगित क्षेत्रका ब्यत्तित्वको प्रोफाइल यस कम्पनीमा राखिदिनुहुन हामी केही समयपछि सुचना जारी गर्नेछौँ ।
यस अगावै झापाका कलाकारहरुकाे ,
विशेष गरी संगित क्षेत्रका ब्यत्तित्वको प्रोफाइल यस कम्पनीमा राखिदिनुहुन हामी केही समयपछि सुचना जारी गर्नेछौँ ।
Subscribe to:
Posts (Atom)










