Sunday, August 16, 2015

बलिउड गायिका सन्जिवनी नेपाल आउँदै, यो साइनो मायाको पुनः गुन्जिदै


जिटिभीको कार्यक्रम सारेगम हँुदै बलिउड र कलिउडमा समेत चर्चा बटुलेकी गायिका सन्जिवनी नेपाल आउँदैछिन् । आगामी भदौ २६ मा आयोजना हुने एनएफडिसी राष्ट्रिय अवार्डमा सहभागिता जनाउन उनी नेपाल आउन लागेकी हुन् । सन् १९९५ को सारेगम सिजन विजेता सन्जिवनीले बलिउडसँगै थुप्रै नेपाली फिल्ममा स्वर दिएकी छिन् । उनले १९९८ मा प्रदर्शन भएको चलचित्र “करिब” को “चोरी चोरी जब नजरे मिली” बोलको गितबाट पाश्र्व गायनको सुरुवात गरेकी थिइन्  ।
यो साइनो मायाको, ल है माया सुटुक्कै आउनु है, लगायतका चर्चित नेपाली गित गाएकी सन्जिवनीले हालसम्म ७ सय बढी स्टेजमा प्रस्तुती दिइसकेकी छिन् । सुमधुर स्वरकी धनी सन्जिवनीले भदौ तेस्रो साता नेपालमा आफ्नो कर्णप्रिय आवाजमा पस्कदैछिन् ।

No comments:

Post a Comment