Wednesday, August 12, 2015

स्वेताको गहभरिको आँसुले कार्यक्रममा उपस्थित सबै मर्माहित , “ स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ सधैँ अमर रहनेछन” –सञ्चार मन्त्री रिजाल

स्वगीर्य नायक श्रीकृष्ण श्रेष्ठको पहिलो वार्षिका पुण्य तिथि गत सोमबार राजधानीमा सम्पन्न भयो । सञ्चारमन्त्री मिनेन्द रिजालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उल्लेख्य चलचित्रकर्मीको उपस्थिति रहेको थियो । अनगिन्ती वेदना सहेर अघि बढीरहेकी श्रीकृष्ण पत्नी नायिका श्वेता खड्काले कार्यक्रम अवधिभर गहभरि आँसु पारेकी थिइन । श्वेताले आफ्ना पति स्वर्गिय श्रीकृष्णले देखाएको बाटोमा सधैँ हिँड्ने प्रण गर्दै आफु पुनः चलचित्र क्षेत्रमा देखिने जानकारी दिइन । आफुले चलचित्र क्षेत्रमा केही गर्न सके पति श्रीकृष्णको आत्माले शान्ति पाउने उनले बताइन् । कार्यक्रमका प्रमुख अतिथि मिनेन्द रिजालले नायक श्रीकृष्ण श्रेष्ठ सधैँ अमर रहने बताए ।
कार्यक्रममा “सम्झनामा श्रीकृष्ण” नामक करिब पैँतालिस मिनेटको भिडियो समेत सार्वजनिक गरिएको थियो । साथै सोही कार्यक्रममा श्रीकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले नायक शिव श्रेष्ठ र स्वर्गिय निर्देशक शिव रेग्मीलाई सम्मान गरेको थियो । स्वर्गिय रेग्मीको मरणोपरान्त सम्मान उनकी पत्नी ज्ञानु रेग्मीले ग्रहण गरेकी थिइन ।

No comments:

Post a Comment