Friday, August 14, 2015

विश्वचर्चित टेलिभिजन एमटीभीमा नेपाली गायकगायिकाको गित बज्न सुरु, आस्था तामाङ मास्के र रोहित शाक्य एमटीभी इन्डिजमा

म्युजिक टेलिभिजन (एमटीभी) ले विश्वब्यापी रुपमा आफ्ना दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेको छ । गित  संगितलाई प्राथमिकतामा राखीउल्लेख्य दर्शकको मन जितेको एमटीभीका दर्शक नेपालमा पनि   अत्याधिक मात्रामा छन् । अब नेपाली दर्शकले स्वयम आफ्नो देशका कलाकारको गित संगित यस टेलिभिजन मार्फत हेर्न सक्नेछन् । यस कदमले नेपाली कलाकारको चिनारी अझ फराकिलो बनाउने आशा राख्न सकिन्छ 
गायिका आस्था तामाङ मास्के र गायक रोहित शाक्यको “वेर हेभ यु बिन” बोलको गित जस्ट अराइभ्ड विद्यामा दिनको तिनपटक बजिरहेको छ । पछिल्लो समय अत्यन्तै रुचाइएको यस गितलाई गत साउन ११ मा कार्यक्रम पेप्सी एमटीभी इन्डिजमा सार्वजनिक गरिएको थियो ।
।               
                           

No comments:

Post a Comment