नेपाली चलचित्रको बजार फराकिलो बनाउने उद्येश्यले चलचित्र संघले एउटा सकरात्मक कदमको सुरुवात गरेको छ । नेपाली चलचित्रलाई अब भुटानमा पनि प्रदर्शन गरिँदैछ । जसका निम्ति दक्षिण एशियाली मुलुक नेपाल र भुटान बजारीकरण गर्न सहमत भएका छन् । नेपालबाट चलचित्र संघ अध्यक्ष नकिम उद्दिन, भुटान फिल्म एशोशिएसनका अध्यक्ष तोङग्याल मिला र प्रतिनिधिबीच राजधानीमा सहमति जुटेको हो ।
वार्तामा नेपाली चलचित्र भुटानमा चलाउने र भुटानी चलचित्र पनि नेपालमा चलाउनेबारे दुवै पक्ष सैद्धान्तिक रुपमा सहमत भइसकेका छन् । भुटानमा अधिकांश नेपालीभाषी बसोबास गर्ने भएकाले नेपाली फिल्मको बजार बन्नसक्ने आँकलन गर्न सकिन्छ ।
No comments:
Post a Comment